मकवानपुरगढीमा मोटरसाइकल र टयाक्टर ठोक्कियो, चालक थिङ गम्भीर घाइते

हेटौडा टुडे
२ असार २०७८, बुधबार २०:३१

हेटौंडा ।  कान्तिलोकपथ अन्तर्गत बुधबार साझ मकवानपुरगढी गांउपालिका वडा नम्बर २ सिखरकटेरि स्थित गैरि भन्झाङमा टयाक्टर र मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

मकवानपुरगढी दरबारतिरबाट हेटौंडा आउदै गरेको ना ७ त ४४४३ नम्बरको टयाक्टर  र विपरित दिशाबाट आउँदै गरेको ना ४२ प ६८५८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना हुँदा मोटरसाइकल चालक मकवानपुरगढी वडा नम्बर २ का सन्जय थिङ गम्भीर घाइते भएको छन ।  घाइते थिङको अवस्था गम्भीर रहेको र उपचारको लागि हेटौंडा अस्पतालमा पठाइएको छ ।  पाख्रिनले बताउनु भयो । ठक्कर दिने टयाक्टर चालक फरार रहेको र पुलिस द्दटना स्थलमा आउदै गरेको वडा नम्बर २ का वडा अध्यक्ष बखानसिंह पाख्रिनले हेटौडा टुडेलाई बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*