हेटौँडाबाट ९६ किलो गाजा सहित पाँच जना पक्राउ

हेटौंडा टुडे
२ असार २०७८, बुधबार २१:३७

हेटौंडा । मकवानपुर प्रहरिले लागु औषध सहित ५ जनालाई पक्राउ परेका छ । ट्रकको सिट मुनि लुकाएर ल्याएको अवस्थामा हेटौंडा १० बाट ९६ किलो ४०० ग्राम लागु औषध गाँजा सहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गाडीका चालक मकवानपुर मनहरी ६ का २५ बर्षीय सन्तोष आले मगर, सह  चालक २१ बर्षीय मोसा घलान, कन्टेनरमा सवार रहेका कैलाश९८ भार्ताका २४ बर्षीय उमेश लामा रहेका छन् । मंगलबार पक्राउ परेका उनीहरूको सूचना आधारमा बुधबार चितवन राप्ती९२ का ३१ बर्षीय बिष्णु लामा र मकवानपुरको कैलाश९८ का २९ बर्षीय रोशन मुक्तानलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

मंगलबार राती १० बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरीले मनहरी तर्फबाट हेटौडा तर्फ आईरहेको ना २ ख ५५७९ नम्बरको कन्टेनरमा लागुऔषध गाँजा ल्याईरहेको छ भन्ने सूचनाको आधारमा हेटौंडा ११ थानाभर्‍याङमा गाडिलाई रोक्न खोज्दा नरोकी फरार भएपछि पिछा गर्दै हेटौंडा १० भुटनदेवी मोडमा नियन्त्रणमा लिएको थियो । कन्टेनर चेकजाँच गर्दा केविनभित्र चालक बस्ने सिट पछाडी फल्स बटम बनाई १२ वटा पोकामा ९६ किलो ४ सय ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्ने ५ जना, लागुऔषध गाँजा र कन्टेनर गाडी अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ यसबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*