
हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेशले आज एक विज्ञप्ती जारी गर्दै देशभर दर्ता भएका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाईन सञ्चार माध्यम मध्ये ६६ प्रतिशत बागमती प्रदेशमा रहेको उल्लेख गरेको छ। महासंघ प्रदेश अध्यक्ष शिव देवकोटाद्वारा हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ प्रदेश सरकारले आफैँले सञ्चारगृह स्थापना गर्ने गरि ल्याएको बजेट प्रति नेपाल पत्रकार महासंघ बागमती प्रदेशले ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकार महासंघ बागमती प्रदेशको विज्ञप्तीमा लेखिएको छ महासंघले पेशागत सुरक्षा, क्षमता विकासको लागि प्रदेश सरकारको आगामी वार्षिक बजेटमा समेट्न कुरा आफुहरुले पटक पटक ध्यानाकर्षण गराउदा पनि महासंघले उठाएका एक दर्जन बढि मागहरुलाई सम्बोधन नगरेको विज्ञप्तीमा उल्लेख छ । बागमती प्रदेश सरकार आफैँले सञ्चारगृह सञ्चालन गर्न खोज्नुले स्वतन्त्र प्रेसलाई निरंकुशताको कडि लाउन खोजेको प्रष्ट भएको भन्दै महासंघले यस निर्णय फिर्ता लिन माग गरेको छ ।

