हेटौंडा । मकवानपुरगढीमा आज एकै दिन १४ दिन पुरागरी १६ जना संक्रमण मुक्त भएका छन् भने ३ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा वडा नम्बर ५ का २ जना महिला र वडा नम्बर ७ का १ जना पुरुष रहेका छन् । संक्रमित थपिएका सबैको हेटौंडा अस्पतालमा गरिएको PCR परिक्षणबाट संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।
हाल सम्म मकवानपुरगढीमा कोरोना संक्रमणको संख्या २२१ पुगेको छ । जस मध्ये १४ दिन प्रागरि गरि १८४ जना संक्रमण मुक्त भएका छन् । संक्मित मध्ये ३५ जना होमआईसोलेशन र २ जना कोभिड अस्थायी अस्पताल मक्रान्चुलीमा रहेको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।
सेयर गर्नुहोस्