
हेटौंडा । मकवानपुरगढीमा कोरोना संक्रमणको दर दिनानु दिन घट्दोदरमा पाईएको छ । आजमात्रै संक्रमित भन्दा संक्रमण मुक्त हुनेको सङख्या धेरै रहेको छ । आज एकै दिन ८ जना संक्रमण मुक्त हुदा थप एक जनामा संक्रमण देखिएको छ । हिजो एकै दिन १६ जना संक्रमण मुक्त हुदा ३ जना संक्रमित थपिएका थिए ।
आज संक्रमित हुनेमा वडा नम्बर १ का १ जना महिला रहेका छन् । यो सँगै मकवानपुरगढीमा अहिले सम्म कुल २२२ जनामा संक्रमण पुष्टि भएको मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारि दिनुभयो ।
सनिबार सम्मको कोरोना बाट संक्रमण मुक्त हुनेको कुल संख्या १९२ पुगेको छ । यसै गरि सक्रिय संक्रमित रहेका मध्ये २७ जना होमआईशन रहेका छन । मक्रन्चुलीमा रहेको कोरोना अस्थाई अस्पतालमा २ जना भर्ना गरिएको छ । १ जना गर्भबति महिलाको भने भरतपुरमा उपचार भईरहेको लामिछानेले जानकारि दिनुभयो ।
यसैगरी अहिलेसम्ममा कोरोना कै कारण मकवानपुरगढीका ५ जनाको ज्यान गएको छ । वडा नम्बर ५ का १ जना महिला र १ जना पुरुष गरि २ जनाको ज्यान गएको छ । यसैगरी वडा नम्बर ८ का १ जना पुरुष , वडा नम्बर ३ कि १ जना महिला र वडा नम्बर २ का १ जना पुरुषको कोरोना कै कारण ज्यान गएको छ । उनीहरु मध्ये हेटौंडा अस्पतालमा ३ जना र भरतपुरको CMC अस्पतालमा २ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
