
हेटौंडा । बाराको जगदम्बा स्टील्स कारखानामा आगलागी भएको छ । आजलागिमा २ भारतीय मजदुरको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएका छन । सिमरास्थित जगदम्बा स्टील्समा शनिबार राति ७: ४५ बजे तिर वेल्डिङ गर्दा सर्किट सर्ट भएर आगलगी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारि दिएका छन ।
घाइतेहरुको उपचार वीरगन्जको तराई अस्पतालमा उपचार भइरहेको छ । आगलगीका कारण क्षति भएपनि प्राविधिक अभावले क्षति विवरण एकिन हुन सकेको छैन । अहिले आगलागी नियन्त्रणामा आइसकेको डिएसपी गौतम मिश्रले जानकारि दिएका छन ।


सेयर गर्नुहोस्