आज निर्जला एकादशी, तुलसीको बीउ रोप्‍ने दिन

टुडे संवादाता
२०७८ असार ७, सोमबार ०९:३५ गते

आज निर्जला एकादशी, आआफ्ना घरमा रहेको तुलसी मठमा बिउ राखिँदै छ । आज निर्जला एकादशीमा रोपिएको बिउ एक महिनापछि असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिउ रोप्ने गरिन्छ ।

असार शुक्ल एकादशी देखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइ बढाइ दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास भनिन्छ । स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । आज पानी समेत नपिइ व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा। रामचन्द्र गौतमले जानकारी दिनुभयो । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*