
हेटौंडा । विशवब्यापी महामारीको रुपमा रहेको नोबल कोरोना भाईरस संक्रमण न्यूनिकरणको लागि भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत बैशाख २१ गतेबाट लागु गरेको निषेधज्ञालाई भोलि मंगलबारबाट भने केहि खुकुलो गर्दै ब्यवस्था गरेको छ । सोमबार राती १२ बजेबाट लागु हुने गरे गरि निषेधज्ञा केहि खुकुलो ढङगबाट जारि रहेपनि बिहानबाट मकवानपुर जिल्ला सहित हेटौँडा बजारमा नीजि सबारी साधन जोर बिजोर प्रणालीमा सञ्चालनमा आउने भएका छन् ।
प्रशासनले सार्वजनिक यातायातको महत्वपूर्ण सबारीको रुपमा रहेको बस, मिनिबस, माईक्रो, सुमो लगाएतको सेवालाई सञ्चालनको अनुमती नदिए पनि
निषेधज्ञामा अटो तथा टेम्पोलाई जोर बिजोर प्रणालि अन्र्तगत स्वास्थ्य मापदण्ड पालना गर्दै २ जना यात्रुलाई बोक्नको लागि छुट गरिएको छ । निषेधज्ञा असार ७ गते राती १२ बजेबाट असार १४ गते राती १२ बजेसम्म थप गरिएको छ ।

