हेटौंडा । मकवानपुरमा अब दैनिक रुपमा बिहान ४ बजे देखि १० बजे सम्म मात्र खाद्यन्न, तरकारी, फलफुल , दुग्धजन्य तथा माछामासु ब्यवसाय संञ्चालन गर्न पाईने भएको छ । निषेधाज्ञाको स्वरुप परिवर्तन गर्दे जिल्ला कोभिड संकट ब्यबस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई लम्ब्याउदै हप्ताको सातै दिन खाद्यन्न, तरकारी, फलफुल तथा दुग्धजन्य ब्यवसाय बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
नयाँ मोडालिटि सहितको निषेधज्ञा जारी गरेपछि मंगलबार बिहानबाट बजारका अधिकांश पसल खुल्ने गरि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा असार १४ सम्म थप्ने निर्णय गरेको हो ।
सेयर गर्नुहोस्






















