
हेटौँडा । नेपाल टेलिकमको मोबाइल सेवामा आज प्राविधिक समस्या देखिएको छ । बुधवार बिहानैदेखि हेटांैडा सहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको हो ।
मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका छन् । समस्या देखिएपछि टेलिकमले नेटवर्क सञ्चालनका लागि प्रयास जारी राखेको र टेलिकमको ल्याण्डलाइन फोनमा भने समस्या नभएको टेलिकमले जनाएको छ ।


सेयर गर्नुहोस्