हेटौंडा । नेपाल टेलिकमको पोष्टपेड र प्रिपेड मोबाइल सेवामा आएको प्राविधिक समस्या समाधान भएको छ । बुधवार बिहानैदेखि हेटौंडा सहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको हो ।
मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका थिए । समस्या देखिएपछि टेलिकमले नेटवर्क सञ्चालनका लागि प्रयास जारी राखेको र टेलिकमको ल्याण्डलाइन फोनमा भने समस्या नभएको टेलिकमले जनाएको छ । अहिले टेलिकमले प्राविधिक समस्या मर्मत गरेर समस्या समाधान भएसँगै सेवा सुरु भएको टेलिकमले जनाएको छ ।
सेयर गर्नुहोस्