मकवानपुर प्रशासनले नागरिकता लिन निश्चित दिन तोक्यो, कुन स्थानीय तहमा कहिले ?

हेटौंडा टुडे
९ असार २०७८, बुधबार २०:११

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले नयाँ नागरिकता,प्रतिलिपी र राहदानी बनाउन आउनका लागि १० वटा स्थानीय तहका लागि निश्चित दिन तोकेको छ। कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज एक विज्ञप्ति जारि गर्दै जानकारि गराएको छ ।

प्रशासनले नागरिकता लिन हेटौँडा उपमहानगरपालिकालाई नयाँ र प्रतिलिपि नागरिकता, राहदानी लिनका लागि आइतबार र सोमबार को समय तोकिएको छ भने थाहानगरपालिका, राक्सिराङ , कैलाश, इन्द्रेसरोबर , र भीमफेदी गाउँपालिकालाई नयाँ र प्रतिलिपि नागरिकता, राहदानी लिनका लागि मंगलबार र बुधबारको दिन तोकिएको छ ।

यसै गरि बागमती , बकैयाँ , मकवानपुरगढी र मनहरी गाउँपालिकालाई बिहिबार र शुक्रबार समय तोकिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यो नियम आगामी असार १३ गते देखि लागू हुने विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*