स्थानीय तहहरुको आज अन्तिम बजेट आउँदै, मतदाता प्रभावित बनाउने बजेट आउने अपेक्षा

हेटौंडा टुडे
२०७८ असार १०, बिहीबार ०९:४६ गते

हेटौंडा । देशका स्थानीय तहहरुले आज आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

देशका ७ सय ५३ मध्ये कतिपय स्थानीय तहले असार १० गते अघि नै नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् । यसपटक कोभिडको महामारीबाट नागरिकको जीवन उत्थान गर्ने, अर्थतन्त्रको शीघ्र पुनरुत्थानका गतिविधि सञ्चालन गर्ने जस्ता विषयलाई प्राथमिकतामा राखेर स्थानीय तहले बजेटको तयारी गरेका छन् ।

५ वर्षे कार्यकालका लागि निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि यो वर्ष बजेट निर्माण गर्ने अन्तिम वर्ष हो । त्यसैले यसपटक आगामी चुनावमा जनतालाई प्रभावित बनाउने खालको बजेट आउने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*