मकवानपुरगढीको बजेट ६२ करोड ९२ लाख

हेटौंडा टुडे
२०७८ असार १०, बिहीबार २१:३४ गते

हेटौंडा । मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७८/ ७९ को लागि ६२ करोड ९२ लाख १७ हजार ५ सय रुपैयाँ बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको सभाध्याक्षतामा भएको  सातौं गाउँ सभामा  गाउँसभा सदस्य टिका प्रसाद दाहालले आर्थिक वर्ष २०७८ ७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत कार्यान्वयनका लागि बजेट प्रस्तुत गरेका हुन ।

गाउँपालिकाले विनियोजन गरेको बजेटको पुँजिगत खर्च ३२ करोड ६९ लाख ४७ हजार र चालू खर्च २७ करोड ५ लाख ६० हजार रुपैयाँ रहेको छ ।पालिकाले आर्थिक वर्ष २०७८/ ७९ को लागि जम्मा आयतर्फ ६२ करोड ९२ लाख १७ हजार ५ सय हुने अनुमानित आय पेश गरेको छ । त्यस्तै कुल बजेटको पुजीगततर्फ ३२ करोड ६९ लाख ४७ हजार अर्थात९५४ दशमलव ७१ प्रतिशत० र चालु तर्फ २७ करोड ५ लाख ६० हजार अर्थात ९४५।२९ प्रतिशत गरी कुल व्यय रु। ६२ करोड ९२ लाख १७ हजार ५ सयको व्यय अनुमान पेश गरेको छ ।

पालिकाले चालु आर्थिक वर्षको २०७८ असार ८ सम्मको प्रगतीको मुल्याकंन गर्दा हालसम्म पुँजिगत तर्फ ४६ दशमलव ५७ प्रतिशत अर्थात १७ करोड ८७ लाख रकम खर्च भएको देखिन्छ भने चालु तर्फ ५३ दशमलव ०३ प्रतिशत अर्थात १७ करोड २७ लाख रकम खर्च भएको देखिन्छ । चालु र पुजिँगतको खर्च प्रतिशत औषतमा ५० प्रतिशत हुन आउँछ । यो खर्चको हेर्दा आर्थिक वर्षको अन्त्य सम्ममा पुजिँगत तर्फ ८० प्रतिशत भन्दा बढि प्रगति हुने अपेक्षा गाउँपालिकाले गरेको छ ।

गत आर्थिक वर्ष ०७६र७७ को बजेटमा ६३ करोड ५४ लाख ५१ हजार रकम सहितको बजेट विनियोजन गरी योजनाहरु सञ्चालन गरेकोमा मकवानपुर जिल्लामै स्थानीयह तहहरु खर्च प्रगतिमा दोश्रो स्थान अर्थात ८१ दशमलव ४३ अर्थात ५१ करोड ७४ लाख ६३ हजार खर्च सहित उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएकोले कार्य सम्पादन मुल्याकंनको आधारमा गढी गाउँपालिकाले जिल्ला समन्वय समिति मकवानपुरबाट तेश्रो पुरस्कार प्राप्त गर्न सफल भएको थियो । जसबाट आगामी आर्थिक वर्षका लागि प्रोत्साहनस्वरुप थप ५५ लाख रकम प्राप्त गरेको छ ।

सभामा गाउँपालिका सुशासन समिति गठन र सञ्चालन नियमावली २०७७, गाउँपालिका लेखा समिति गठन सञ्चालन नियमावली २०७७, र गाउँपालिकाको कार्यप्रणालीलाई व्यवस्थित गर्न विधायन समितिको गठन सञ्चालन गर्न बनेको नियमावली २०७७, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले टेबुल गरेका थिए । गाउँसभाको अर्को बैठक असार २६ गते बस्ने गरी स्थगित गरिएको गाउँपालिकाका अध्यक्ष तथा गाउँसभाका सभाध्यक्ष विदुर हुमागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*