राक्सिराङ गाउँपालिकाले ल्यायो ५४ करोड ७२ लाखको बजेट

हेटौंडा टुडे
१० असार २०७८, बिहीबार २१:५०

हेटौंडा ।  राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८ / ०७९ को लागि कुल ५४ करोड  ७२ लाख २० हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङले गाउँपालिकाको १० औं गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि चालूतर्फ २८ करोड ८४ लाख रुपैयाँ अर्थात ५२.७० प्रतिशत र पूँजीगत २५ करोड ८८ लाख रुपैयाँ अर्थात ४७.३० प्रतिशत विनियोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*