
हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले २०७८ असार २० गतेसम्म रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको हो । यसअघि रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद चैत मसान्तसम्म थियो। चैत मसान्तसम्म फारम बुझाउन छुट भएकाहरुलाई दोब्बर दस्तुर लिने गरी असार २० गतेसम्म म्याद थप गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले जारी गरेको सूचनामा लेखिएअनुसार रजिष्ट्रेसनका लागि ८ सय र परीक्षा आवेदनका लागि एक हजार २०० रुपैयाँ लाग्ने छ ।


सेयर गर्नुहोस्