काठमाडौं उपत्यकामा किराना तथा खाद्यान्न पसलहरु दिनभर संचालन गर्न पाउने

टुडे संवादाता
१४ असार २०७८, सोमबार १३:२७

काठमाडौं/काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप खुकुलो बनाउँदै थपिएको छ । सोमबार बसेको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा किराना तथा खाद्यान्न पसलहरु दिनभर संचालन गर्न पाउने निर्णय गरेको हो । यसअघि बार तोकिएका पसलहरुलाई पनि प्रत्येक दिन खुल्न पाउने गरी समय निर्धारण गरिएको छ ।

बैठकले किराना तथा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो । यसअघि बार तोकिएका पसल व्यवसाय पनि प्रत्येक दिन ११ बजेदेखि ६ बजेसम्म खोल्न पाउने भएका छन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*