
हेटौंडा । मकवानपुरगढी गाउँपालिकाले किसानको सूचीकरण गर्न कार्य शुरु गरेको छ । गाउँपालिकाको वडा न १ देखि वडा न ८ सम्म प्रत्येक वडामा १ र १ जना सहजकर्ता छनौट गरि किसान सूचीकरण सफ्टवेयर प्रणाली संचालन सम्बन्धि तालिम दिई किसान सूचीकरणको कार्य शुभारम्भ गरिएको हो । सोमबार पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले एक कार्यक्रमका बीच मकवानपुरगढीका किसानहरुलाई किसान सूचीकरण गर्ने कार्यको शुभारम्भ गर्नुभएको बताउनु भएको छ ।
अब किसानहरुले आ आफ्नो वडा कार्यालयमा सम्पर्क राखी सहजकर्ता मार्फत किसान सूचीकरण प्रणालीमा आवद्व हुन सक्ने छन । प्राबिधिक क्षमता भएका ईन्टरनेट चलाउन सक्ने किसानहरुले स्वयम पनि किसान सूचीकरण सफ्टवेयर प्रणालीमा आबद्ध हुन सक्ने छन । जसको लागि farmer.moald.gov.np मा गई आवद्व हुन सक्ने छन


सेयर गर्नुहोस्