हेटौंडा ५ को वडा स्तरीय क्लबको सामाजिक काममा सक्रियता,विभिन्न स्थानमा जनचेतना मुलक होडिङ बोर्ड

टुडे संवादाता
१६ असार २०७८, बुधबार ११:५९

हेटौंडा/हेटौंडा ५ को वडा स्तरीय क्लबले विभिन्न सामाजिक काममा सक्रियता देखाउँदै वडाका विभिन्न स्थानमा जनचेतना मुलक होडिङ बोर्ड राखेको छ । केहि समय अघि रास्ट्रिय परिषद्को पहलमा गठित क्लबले ५ नम्बर वडाका विभिन्न स्थानमा ट्राफिक नियम, बाताबरण संरक्षण, लागूपदार्थ दुव्र्यसनी लगाएतका होडिङ बोर्ड राखेको हो ।

क्लबका अध्यक्ष अरुण कार्कीले वडा प्रहारी कार्यालय र क्याम्पा अगाडी ट्राफिक नियम सम्बन्धित, माछापालनमा बाताबरण संरक्षण, वडा कार्यालय अगाडी पञ्जिकरण, रुद्देश्वर मन्दिर र मनकामना जाने मन्दिरको बाटोमा लागुपदार्थ दुव्र्यसन सम्बन्धि होडिङ बोर्ड राखेको जानकारी दिए ।

यसैगरी क्लबले चिसापानिमा महिला हिंसा गर्न नहुने र बाल ज्योति स्कुल भित्र महिनावारी सम्बन्धित जनचेतना बोर्ड राखेको अध्यक्ष कार्कीले बताए ।

क्लबले कोभिडका कारण जारी निषेधाज्ञाको समयमा वडा भित्र समस्यामा परेकाहरुको लागी खाद्यन्न सहयोग गर्नेदेखि खोप लगाउँने समयमा व्यवस्थापनको काम गरेको क्लबका सचिव विवेक फुयालले जानकारी गराए । यस्तै वडाका हरेक सामाजिक कार्यमा र वडाको बिकासका लागि निरन्तर क्लब सक्रिय रहेको सचिव पुयालले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*