हेटौंडा/मकवानपुरमा (आज) शुक्रबार ९० जना कोरोना संक्रमण मुक्त भएका छन्
। स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ७२ जना कोरोना संक्रमित थपिदा ९० जना कोरोना मुक्त भएका हुन् ।
विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ९० जना शुक्रबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कोरोना पुष्टि भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका हेटौंडा नगर भित्रका ४२ जना,थाहानगरका १० जना,बकैया,मकवानपुर गढी र बागमतीमा ३।३जना,कैलाशमा ८ जना र मनहरीमा २१ जना गरी जम्मा ९० जना कोरोना मुक्त भएका हुन।आज संक्रमण मुक्त हुने ९० संगै मकवानपुरमा हाल सम्म कोरोना मुक्त हुनेको संख्या १० हजार १ सय १६ पुगेको छ ।

सेयर गर्नुहोस्






















