रेडियो बुलेटिनद्वारा जात ब्यबस्थाका कारण हुने जातिय बिभेदबिरुद्ध सरोकारवालाहरुसँग अन्तरक्रिया

हेटौंडा टुडे
१८ असार २०७८, शुक्रबार १८:३९

हेटौंडा/रेडियो बुलेटिन ८९.७ मेघाहर्जले शुक्रबार जुमएपमार्फत अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै बागमति प्रदेश सभा सदस्य सन्त बहादुर प्रजाले नेपाली कांग्रेसले यसको बिरोध गर्ने बताउदै आफु जात ब्यबस्थाका कारण हुने जातिय भेदभावका बिरुद्धमा रहेको र सदनमा यो बिषय उठाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाले हामीले राणा र राजा फालेको बताउदै जातका बिरुद्ध लड्न हामी किन सक्दैनौ भन्दै सबैले जातिय बिभेदबिरुद्धमा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै बागमति प्रदेश सभा सदस्य शोभा शाक्यले सरस्वति प्रधान पनि पिडित रहेकोले पिडितलाई लगेर थुन्नु मानविय काम नभएको बताउनुभयो । कोटालाई राम्रोसँग लिन नसक्ने हो भने कोटा नराख्नु पर्ने उहाले धाराणा राख्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगबति पुडासैनीले जात ब्यबस्थालाई समुल अन्त्य गर्न हामी सबैको भूमिका रहेको बताउदै राज्य, जनप्रतिनिधि, अधिकारकर्मी सबैले एउटा अभियान शुरु गर्नुपर्ने आबश्यकता महशुस गरेको बताउनुभयो ।
कार्यक्रममा अफ्नो धारणा राख्दै जनजागरण पाट्रीका अध्यक्ष बिपि खनालले अहिले पनि ठुलो समहतिको खाँचो रहेको बताउदै रुपा सुनार र सरस्वति प्रधानबिचको लडाई मात्रै नभएर सिङ्गै जात ब्यबस्थामाथिको लडाई भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका युवा नेता सन्तोष पौडेलले बागमति प्रदेश सभा सदस्य शोभा शाक्यले राख्नुभएको धारणाप्रति आपत्ति जनाउदै उहाले माफी माग्नु पर्ने बताउनुभयो । उहाले हाम्रो समाजमै रहेको एक समुहले हजारौँ बर्षबाट हेपिएर बस्नु परेको र उक्त समुदायलाई कोटा मात्रै नभई अन्य केही थप लाभ दिनुपर्ने आफुहरुको माग रहेको बताउनुभयो ।
कार्यक्रममा हेटौडा उपमहानगरपालिकाको १२ नम्बरका वडा अध्यक्ष ललित घलान, गैरसरकारी महासंघ मकवानपुरका कार्यबाहक अध्यक्ष रमिला सापकोटा, अधिबक्ता ध्रुब चौलागाई, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देबेन्द्र दास, युवा नेताहरु प्रतिभा डङ्गोल, शुभरत्न गोले, बिशभ अधिकारी, राजु खतिवडा, हरिहर खतिवडा, सामाजिक अभियन्ता तथा हेटौँडा क्याम्पसका सहायक प्रमुख अर्पण पराजुली, पत्रकार महासंघ सचिव शुभलक्ष्मी बिक, शिक्षक एस के निधन, अधिकारकर्मी कमलकुमार बिश्वकर्मा, अधिकारकर्मी रिता परियार, अधिकारकर्मी उदयनारायण राम, अधिकारकर्मी राम मक्राति लगायतले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रम जात ब्यबस्थाका कारण जातिय बिभेद भइरहेका र त्यसका बिरुद्ध खास बोल्ने अबस्था नरहेकोले पनि आफुहरुले यो मामिलामा कार्यक्रम गर्नुपरेको रेडियो बुलेटिन ८९.७ मेघाहर्जका प्रबन्ध निर्देशक अनिलकुमार खातिले स्पष्ट पार्नुभयो । उहाले समाजसँग जोडिएर यस्ता बहसहरु निरन्तर गरिरहेको रेडियो बुलेटिनले आगामि दिनमा पनि निरन्तर रुपमा समाजका जल्दाबल्दा बिषयहरुमा बहस गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*