पाल्पामा टिपर दुर्घटना,एक जनाको मृत्यु

टुडे संवादाता
२३ असार २०७८, बुधबार १३:१२

पाल्पा/पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका बिरकोटका २६ वर्षीय सुदिप गैरे रहेका छन् ।
चुन ढुङ्गा लोड गरी पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ८२० नम्बरको टिपर पाल्पाको तिनाउ गाउँपालिका चरचरेस्थित सिद्धार्थ राजमार्गमा दुर्घाटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
टिपर सडकदेखि ३ सय मिटर तल खोलामा खस्न पुग्दा गैरे घाइते हुनुभएको थियो । घाइते उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*