कफ्र्यु लगाएपछि चितवनमा अहिलेको अवस्था सामान्य

हेटौंडा टुडे
२३ असार २०७८, बुधबार १४:१८

चितवन/राप्ती नगरपालिका वडा नम्बर ३ प्रगतिनगरकी २३ वर्षीय सुजिता भण्डारीको मृत्युपछि जारी प्रदर्शनलाइ रोक्न जिल्ला प्रशासन कार्यालय चितवनले हिजो रातिदेखि राप्तीमा कफ्र्यु लगाएको छ ।

हिजो बेलुका साढे ७ बजेदेखि आज बेलुका साढे ७ बजेसम्मको लागि कफ्र्युको आदेश दिएका हुन् । कफ्र्यु लगाएपछि राप्तीको अहिलेको अवस्था सामान्य छ ।

पूर्व–पश्चिम राजमार्ग वरपर सुनसान छ । कफ्र्युको समयमा कुनै पनि व्यक्ति आवतजावत गर्न, भेला हुन र स्थानीय प्रशासनको स्वीकृति बेगर घर बाहिर निस्कन पाउँदैनन् ।

कुनैपनि ब्यक्तिहरु अहिले सडकमा निस्किएका छैनन् । सडक वरपर सुनसान रहेको छ तर पूर्व–पश्चिम राजमार्ग भएर चल्ने लामो दुरीका सवारी साधनहरु सञ्चालन भएका छन् ।

कफ्र्यू आदेशको अवज्ञा कसैले गरेमा त्यस्ता व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल गिरफ्तार गरी एक महिनासम्म कैद वा जरिवाना वा दुवै सजाय हुन सक्ने जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*