
हेटौंडा/मकवानपुर प्रहरीले ५७ किलो ९०० ग्राम लागुऔषध गाँजा, बोलेरो पिकअप सहित २ जना मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालक चितवन राप्ती नगरपालिका वडा नम्बर ०६ बस्ने २६ बर्षीये संजय चौधरी र गाडीमा सवार सोही ठाउँमा बस्ने ४८ बर्षीय लालजी साह रहेको मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरीले पुर्व पश्चिम सडक खण्ड अन्तरगत बुधबार (हिजो) बेलुका हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित पिपल चौतरामा चितवनबाट बारा तर्फ जाँदै गरेको ना ४ च ५०१५ नम्बरको बोलेरो पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीको पछाडीको भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको ५७ किलो ९०० ग्राम लागुऔषध गाँजा फेला परेको हो ।
बरामद गरेको लागुऔषध गाँजा, बोलेरो पिकअप गाडी सहित चौधरी र साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्