हेटौंडामा बढी भाडा लिने ४ सवारी कारवाहीमा

टुडे संवादाता
२४ असार २०७८, बिहीबार १४:३६

हेटौंडा/मकवानपुर प्रहरीले बुधबार र बिहीबार गरिएको जाँचमा तोकिएको भन्दा बढी भाडा लिने ४ सवारीलाई कारवाही गरेको छ ।

कारवाही गरिएका सवारमा बा१५ च ८०६५ नम्बरको स्कारपियो, बा.प्र ०२–०३–००१ ज ००४४ नम्बरको विङ्गर भ्यान, ना १ ज २४६६ नम्बरको माईक्रो र ना १ ज ७९०७ सुमो रहेका छन् ।

विभिन्न गन्तव्यसम्म र्पुयाईदिन्छु भनि यात्रुहरुसंग तोकिएको भाडादर भन्दा बढी रकम लिएको सूचनाको आधारमा जाँच गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

सवारी कम संचालन भएको मौका छोपी बढि भाडा असुल्ने क्रम बढिरहेको छ । हेटौंडाका अटो, मयुरी लगायतका साना सवारीले पनि बढि भाडा लिने गरेको गुनासो आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*