शुक्रबार सुनको मूल्य बढ्यो

टुडे संवादाता
२५ असार २०७८, शुक्रबार ११:२१

काठमाडौं/आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । विहीबारको तुलनामा आज १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार हुने भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।

विहीबार प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*