अबैध लागूऔषध गाँजासहित हेटौँडाका थापा पक्राउ

टुडे संवादाता
२५ असार २०७८, शुक्रबार १६:२६

मकवानपुर/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले अबैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९ बस्ने २२ वर्षीय निश्चल थापा रहेको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरीले थापाको साथबाट २ किलो ५७० ग्राम लागूऔषध गाँजा बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी तथा मातहत इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरका प्रहरी निरीक्षकको संयुक्त टोलीले बिहिबार पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*