
हेटौंडा/मकवानपुरमा शुक्रवार आज थप १ सय ४ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यलय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७५ जनामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा थप १ सय ४ जनामा कोरोना पुष्टि भएको हो ।
आज पुष्टि हुनेहरुमा ७५ जना हेटौंडा उपमहानगरपालिकाका, १२ जना थाहा नगरपालिकाका, ९ जना मनहरी गाउँपालिकाका त्यस्तै मकवानपुरगढी गाउँपालिका भित्रका ४ जना,बागमती,कैलाश,भीमफेदी र बकैया गाउँपालिका भित्रका एकएक जना रहेको स्वास्थ कार्यलयले जनाएको छ ।
यो संगै जिल्लामा संक्रिय सक्रमितको संख्या ७ सय ९ पुगेको छ ।
कतिले जिते कारोना ?
जिल्लामा पछिल्लो २४ घण्टामा थप ८९ जनाले कोरोना जितेका छन् । जिल्लामा हालसम्म ११ हजार ६ सय ३४ जनामा कोरोना पुष्टि हुँदा १० हजार ७ सय ४८ जना संक्रमण मुक्त अर्थात कोरोना निको भइसकेका छन् ।
जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ३२ जनाको मृत्यु भएको कार्यलयले जनाएको छ ।


