
हेटौंडा/अनेरास्ववियु मकवानपुरले शुक्रवार हेटौंडामा प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थ मूल्य वृद्धिको बिरोध र ,ताजा जनादेशको पक्षमा भन्दै संबिधानको सर्बोच्चता र लोकतन्त्रको रक्षाको लागि भन्दै हेटौंडाको बुद्धचोकमा प्रर्दशन गरिएको हो ।
प्रर्दशनमा – सर्टिफिकेटको आधारमा शैक्षिक ऋण उद्यमशिलता र समृद्धिको आधार हो ,संवैधानिक सर्वोच्चता कायम गर , सार्वभौम जनताको अधिकार सुनिश्चित गर , विद्यार्थी र शिक्षकलाई खोप दिइ पढाई, परीक्षा र शैक्षिक सत्र सुचारु गर ,सांसदलाई दल विहिन करार गरेर बहुदलीय व्यवस्था जोगिन सक्दैन , बहुदलीय लोकतान्त्रिक प्रणाली माथिको आक्रमण स्विकार्य छैन , राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिका विरुद्ध एक जुट बनौं , ताजा जनादेशको पक्षमा जनमत सृजना गरौं लगाएतका नारा सहितको प्रर्दशन गरिएको थियो ।
अनेरास्ववियु मकवानपुरका नेता एवंम् केन्द्रिय सदस्य आशिष असलामि मगरको सभाध्यक्षतामा गरिएको कार्यक्रममा सचिवालय सदस्य संतोष पौडेल,केन्द्रीय सदस्य नवीन मिश्र ,प्रदिप कालाखेती, युवा संघका केन्द्रिय सदस्य सानु लामा,सुनिल लोप्चन, मदन भण्डारी स्पोर्ट्स एकेडेमी मकवानपुरका जिल्ला अध्यक्ष प्रकाश सुवेदी र कोषाध्यक्ष मनोज चौलागाई लगायतको उपस्थिती रहेको थियो ।

