मकवानपुरगढी गाउँपालिकाले किसानहरुलाई किसान क्रेडिट कार्ड वितरण

टुडे संवादाता
२६ असार २०७८, शनिबार ११:१३

हेटौंडा/मकवानपुरगढी गाउँपालिकाले किसानहरुलाई किसान क्रेडिट कार्ड वितरण गरिएको छ । पालिकाले शुक्रबार एक कार्यक्रमकाबीच साना तथा सिमान्तकृत कृषकहरु माझ वित्तिय पहुँच पुर्‍याउने उद्देश्यका साथ किसान कार्ड वितरण कार्य सुरुवात गरिएको हो ।

गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यता तथा गढी ३ का वडाध्यक्ष भागवत घिमिरेको विशेष आतिथ्यतामा भएको कार्यक्रमा कार्यक्रममा मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि का अध्यक्ष अर्जुन प्रसाद दाहाल, गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी लगायत किसानहरुको सहभागिता रहेको थियो । नेपाल बंगलादेश बैंक लि मकवानपुरगढी शाखाका प्रबन्धक बद्रि बिक्रम थापाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्ड वितरण गर्दै गाउँपालिकाका अध्यक्ष हुमागाईले कृषि क्षेत्र विकास किसानका सुविधाको लागि गाउँपालिकाले विशेष पहल कदम गरिरहेको बताए । वित्तिय क्षेत्रमा पहुँच कम पुगेका साना किसान हरुका लागि बिनाधितो न्युनतम ब्याजमा ५ वर्षका लागि क्रेडिटकार्ड मार्फत पशुपालन ,कृषि व्यवसायका लागि २ लाख रुपैयाँ सहकारीको व्यवस्थापन र समूह जमानतमा वितरण गर्ने योजना रहेको बताए ।

कार्यक्रममा ८ जना महिला र १७ जना पुरुष गरि जम्मा २५ जना कृषकलाई किसान कार्ड मार्फत प्रति किसान २ लाखका दरले विना धितो सहुलियत व्याज दरको कृषि कर्जा उपलब्ध गराईएको हो । किसानको संख्या ८ सय पु¥याउने लक्ष्य गाउँपालिकाको रहेको छ ।

नेपाल बंगलादेश बैंक लि, आर एण्ड डि ईनोभेटिभ सोलुशन प्रालि, मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समिति बीच भएको चौपक्षिय सम्झौता बमोजिम किसान कार्ड वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*