रोट्रयाक्ट मकवानपुरको अध्यक्षमा न्यौपाने पदस्थापित

हेटौंडा टुडे
२६ असार २०७८, शनिबार ११:१६

हेटौंडा/रोट्रयाक्ट क्लब अफ मकवानपुरको अध्यक्षमा प्रतिक्षा न्यौपाने पदस्थापित भएकी छिन् । शुक्रबार मनहरी–३ मा आयोजित एक कार्यक्रमकाबीच न्यौपाने वर्ष २०२१÷२२ को अध्यक्ष पदमा पदस्थापित भएकी हुन् ।

क्लबको उपाध्यक्षमा सरिता नेपाल, सचिवमा प्रदीपकुमार राई र कोषाध्यक्षमा राजन कटुवाल चयन भएका छन् । यस्तै, कम्युनिटि सर्भिस डाइरेक्टरमा भुवन घलान, प्रोफेसनल सर्भिस डाइरेक्टरमा पुष्पराज थापा मगर, क्लब सर्भिस डाइरेक्टरमा एलिशा न्यौपाने र सर्जन एट आम्समा प्रवेश धिताल कुन्दन चयन भएका छन् ।

अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा नवीन काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले यस अघिका कार्यक्रमहरुलाई पनि निरन्तरता दिने बताउँदै स्थानीय तहहरुसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष सुन्दरकुमार जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका निवर्तमान अध्यक्ष कविन सांगामी, रोटरी क्लब अफ मकवानपुरका आगामी वर्षका अध्यक्ष कृष्णबहादुर कार्की, रोट्रयाक्ट क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेश दर्पण अधिकारीलगायतका आतिथ्यता रहेको थियो । रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष सुन्दरकुमार जोशीले रोट्रयाक्ट क्लबसँग सहकार्य गरेर काम गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*