बागमती प्रदेश सरकारलाई दुइ सय वटा अक्सिजन सिलिण्डर सहयोग प्राप्त

टुडे संवादाता
२६ असार २०७८, शनिबार १५:४४

हेटौंडा/बागमती प्रदेश सरकारलाई दुइ सय वटा अक्सिजन सिलिण्डर सहयोग प्राप्त भएको छ । एसटीसी ग्रुपको तर्फबाट प्रदेश सरकारलाई २ सय वटा अक्सिजन सिलिण्डर आज हस्तान्तरण गरिएको हो ।

ग्रुरुपका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सिलिण्डर हस्तान्तरण गरसहयोग प्राप्त हुनु राम्रो काम भएको बताए ।

अक्सिजन अभावका कारण कोरोना संक्रमणका बिरामीलाई पहिले समस्या परेको भएपनि अहिले केही सहज भएको मुख्यमन्त्री पौडेलले बताए । फेरी पनि यस्ता सहयोग सरकारलाई आवस्यक पर्ने भएकाले निरन्तरता दिनका लागि आग्रह गरे । कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य दिपक निरौला, स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्र हेटौंडाका प्रमुख बसन्त अधिकारी लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*