युवा समाजसेवी तथा तरुण युवा नेता सापकोटा बागमती प्रदेश सदस्यमा मनोनित

टुडे संवादाता
२६ असार २०७८, शनिबार १६:४५

हेटौंडा/नेपाली काँग्रेस निकट नेपाल तरुण विभाग बागमती प्रदेशस्तरीय बैठकले मकवानपुरका युवा समाजसेवी तथा तरुण युवा नेता योग्यराज सापकोटालाई तरुण विभाग बागमती प्रदेश सदस्यमा मनोनयन गरिएको छ ।

केन्द्रीय सदस्य तथा तरुण विभाग बागमती प्रदेश संयोजक नारायण तिमल्सिनाको अध्यक्षतामा बसेको बैठकले सापकोटालाई सदस्यमा मनोनयन गरिएको हो । नेपाली काँग्रेस तरुण विभाग विभागीय प्रमुख शंकर भण्डारीले सापकोटालाई प्रदेश सदस्यमा मनोनित गरेको पत्र हस्तान्तरण गरेका छन् ।

बागमती प्रदेशको १३ जिल्लाका तरुण दल साथीहरूलाई समेटेर देशको परिस्थितिलाई मध्यनजर गरी जिल्ला–जिल्लामा कार्यक्रम गर्ने, बाढी पहिरोको जोखिममा परेकाहरूलाई तरुण दलको नेतृत्वमा सहयोग सद्भाव प्रकट गर्ने, कोरोना महामारीबाट समस्यामा परेकाहरूलाई समस्या समाधानका लागि राज्यलाई झक्झक्याउने लगायतका कार्य गर्ने निर्णय पनि गरेको छ ।

सदस्यमा मनोनित पश्चात सापकोटाले तरुण युवाहरूलाई संंगठनलाई चलायमान बनाउन जिल्ला–जिल्लामा मोटिभेट कार्यक्रम गरिनुपर्ने बताउदैं संगठनमा युवा तरुणहरुलाई समट्दै अघि बढिनुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*