मोटरसाइकल दुर्घटनामा परी मनहरी-३ का कार्कीको मृत्यु

टुडे संवादाता
२७ असार २०७८, आईतवार १२:१७

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ स्थित बसामाडिमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनहरी-३ का ३२ बर्षीय कृष्णहरी कार्की रहेका छन् । दुर्घटनामा घाइते भएका उनको हेटौंडा-११ स्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गएराति हेटौंडाबाट बस्तिपुरतर्फ गइरहेको बागमती प्रदेश ०३-००३ प ७२१४ नम्बरको मोटरसाइकल बसामाडिमा सडक निर्माणका लागि डिभिजन सडक कार्यालयले थुपारेको ढुंगामा ठोकिएर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*