
हेटौंडा/मकवानपुरमा आइतबार थप २३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा आज ७४ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा २३ जनामा कोरोना पुष्टि भएको हो । शनिबार पिसिआर परीक्षण नभएको र आज एन्टिजेन विधिबाट मात्र गरिएको कोरोना परीक्षणमा ४४ प्रतिशतमा कोरोना कोरोना पोजेटिभ देखिएको हो ।
स्वास्थ्य कार्यालयको आजको तथ्याङ्कमा पिसिआर परीक्षण संख्या सुन्य रहेको छ ।

सेयर गर्नुहोस्