नेपालमा थप १ हजार ८३१ जना जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा टुडे
२७ असार २०७८, आईतवार १७:०९

काठमाडौं/नेपालमा आईतबार (आज) थप १ हजार ८३१ जना जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल ९ हजार २१८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् । पीसीआर विधिबाट ५ हजार ५३५ नमुना परीक्षण गर्दा १ हजार २३७ जनामा तथा एन्टिजेन विधिबाट ३ हजार ६८३ जनाको परीक्षण गर्दा ५९४ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

 

त्यस्तै यस अवधिमा १ हजार ५३३ जना कोरोनाबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा मृतक २० जनामा कोरोना पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*