
हेटौंडा/मकवानपुर प्रहरीले तोकिएको भाडा दरभन्दा बढी रकम लिने एक सवारीलाई नियन्त्रणमा लिएको छ ।
गत मंगलबार मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ६मा हेटौडा बाट काठमाण्डौ यात्रु बोकी जादै गरेको सुमोलाई नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्ष जयश्वर रिमालले जानकारी दिनुभयो ।
विभिन्न गन्तव्य सम्म पु¥याईदिन्छु भनि यात्रुहरुसंग तोकिएको भाडा दर भन्दा बढी रकम लिने ना १ ज २४६१ नम्बरको सुमोलाई नियन्त्रणमा लिई बढी भाडा फिर्ता गराई आवश्यक कारवाही गरिएको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्