यूनियन लाईफ इन्स्योरेन्सको प्रि -अलोटमेण्ट सकियो ,आजै साँझ बाँडफाँट गर्ने तयारीमा

टुडे संवादाता
३१ असार २०७८, बिहीबार १३:२९

काठमाडौं/यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ  प्रि -अलोटमेण्ट बिहीवार सम्पन्न भएको छ ।

विक्री प्रबन्धकको कार्यालयमा बिहीवार प्रिअ- लोटमेण्ट गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको कम्पनीले जानकारी गराएको छ । बोर्डबाट स्वीकृति पाएमा आजै साँझ बाँडफाँट गर्ने तयारीमा रहेको विक्री प्रबन्धकले जानकारी गराएको हो । कम्पनीले असार २४ गतेदेखि २८ गतेसम्म ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा विक्री खुला गरेको थियो ।

जसमध्ये ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीको लागि, ३ लाख २२ हजार ५०० सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

उक्त आईपीओमा २१ लाख ५० हजार ४७८ जना आवेदकबाट ३ करोड ४० लाख १० हजार ८९० कित्ताका लागि आवेदन परेको छ । यो माग गरिएभन्दा ५ दशमलव ८५ गुणा बढी आवेदन परेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*