
काठमाडौं /बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार तोलामा ३ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाले नै बढेको हो ।
बुधबार प्रतितोला ९२ हजार ७ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलामा ९३ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य घटेर तोलाको १ हजार ३ सय २० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्