सुनको मूल्य तोलामा ६०० ले घट्यो

टुडे संवादाता
३ श्रावण २०७८, आईतवार १२:४९

हेटौँडा/साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य ओरालो लागेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रवारको तुलनामा ६०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला  ९३ हजार २०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला  ६०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला  ९२ हजार १०० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला  ९२ हजार ७०० मा कारोबार भएको थियो ।

यस्तै, आइतवार चाँदीको मूल्य पनि घटेको छ । शुक्रवार प्रतितोला  १ हजार ३२० मा कारोबार भएको चाँदी आइतवार  १ हजार २९५ मा किनबेच भइरहेको छ । शुक्रवारको तुलनामा आइतवार चाँदीको मूल्य २५ ले घटेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*