काठमाडौं/कारोबारको पहिलो दिन (आइतबार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक करिब ८० अंकले उकालो लागेको छ ।आज परिसुचक सो अवधीसम्ममा ७९.६२ अंकले उकालो लागेर २९६३.०३ को बिन्दुमा पुगेको छ ।
तीन घण्टाको अवधिमा कारोबारमा आएका २२० ओटा कम्पनीको ८५ हजार १३३ पटकको कारोबारमा १ करोड ६७ लाख १ हजार ६४७ कित्ता शेयरको रू ८ अर्ब ५२ करोड ७२ लाख बराबरको कारोबार भएको छ ।
आज २२० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १७० कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ११ शेयरमूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।
सेयर गर्नुहोस्