
हेटौँडा/मकवानपुरमा आइतबार थप १५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा आज ४४ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा १५ जनामा कोरोना पुष्टि भएको हो ।
मकवानपुरमा शनिबार भने पिसिआर परीक्षणबाट जाच नभएको स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको आइतबारको तथ्याङ्कले देखाएको हो ।
आज एन्टिजेन विधिबाट मात्र गरिएको कोरोना परीक्षणमा ३४ प्रतिशतमा कोरोना कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य कार्यालयको आजको तथ्याङ्कमा पिसिआर परीक्षण संख्या सुन्य रहेको छ।

सेयर गर्नुहोस्