
हेटौँडा/मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१० गोरक्षेश्वरमा रहेको स्वाब संकलन केन्द्रमा सोमबार १ सय ४१ जनाको स्वाब संकलन गरिएको छ ।
हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए अनुसार सोमबार बिहान ६२ महिला र ७९ पुरुष गरी १ सय ४१ जनाको कोरोना जाँचको लागि स्वाब संकलन गरिएको हो ।
केही दिन अघि सम्म दैनिक ५० को हाराहारीमा स्वाब संकलन गरिदै आएको केन्द्रमा दुई।तिनरचार दिन देखि स्वाब संकलनमा बृद्धि हुदै आएको चौलागाईले बताएका छन। संकलन गरिएको स्वाब परीक्षणका हेटौंडा अस्पतालको पिसिआर ल्याब पठाइएको छ ।


सेयर गर्नुहोस्