
हेटौँडा/होण्डा कम्पनीले ग्राजियाको बिएसभिआई मोडल स्कुटर बजारमा ल्याएको छ । नेपालभर एकैसाथ यी मोडल सार्वजानिक गरेको हो ।
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी लिले नेपाली बजारमा ग्राजियाको बिएसभिआई मोडल स्कुटर विक्रीका लागि सार्वजानिक गरिएको छ ।
हेटौंडाको लागि यस कम्पनीको आधिकारिक विक्रेता टाइम्स अटोहब प्रा.लि.ले सोमबार एक कार्यक्रमका बीच ग्राजियाको बिएसभिआई मोडल स्कुटरको सार्वजानिक गरेको छ ।
मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने र महासचिव प्रमोदसिं रानाभाटले संयुक्त रुपमा स्कुटर सार्वजानिक गरेका हुन् । कार्यक्रममा मउवा संघका सदस्य नरेन्द्र भण्डारी, थाहा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष किरणमान बल, विक्रेता टाइम्स अटोहब प्रा।लिका सञ्चालक शीवराम श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
१२५ सिसी नयाँ बिएसभिआई मोडलमा साइड स्ट्याण्ड इन्जिन अफ फिचर, एजिजी सिहतको साइलेन्ट स्टार्ट, इएसपी टेक्नोलोजीको साथ हिट इन्जिन जस्ता अन्य विशेषता रहेको सञ्चालक श्रेष्ठले बताए । यस मोडेलको नेपाली बजार मुल्य २ लाख ६९ हजार ९०० रहेको बताउदैं सञ्चालक श्रेष्ठले स्कुटरमा बढी माइलेस पावर र जाम भएको बेला इन्धनको बचत गर्ने सिस्टम रहेको बताए । स्कुटर पारखीका लागि यस मोडल म्याट ग्रे, निलो, रातो र पहेँलो रंगमा उपलब्ध हुने जनाइएको छ ।

