हेटौंडा-२ संगमचोकबाटअफिम जस्तो देखिने कालो पदार्थ सहित बकैयाका ब्लोन पक्राउ

टुडे संवादाता
४ श्रावण २०७८, सोमबार १८:१०

हेटौंडा/मकवानपुर प्रहरीले ५ किलो ७०० ग्राम लागुऔषध अफिम जस्तो देखिने कालो पदार्थ सहित १ जनालाई नियन्त्रणमा लिईएको छ ।

सोमबार आज दिउँसो लागुऔषध नियन्त्रण व्युरो कोटेश्वर काठमाडौंबाट प्रहरी नायब उपरीक्षक योगेन्द्र कुमार खड्काको नेतृत्वमा रहेको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौंडा-२ संगमचोकबाट ५ किलो ७५० ग्राम अफिम जस्तो देखिने कालो पदार्थ सहित मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर-५ राजदमारका ४४ वर्षीय रत्न ब्लोनलाई पक्राउ गरिएको हो ।

ब्लोनलाई व्युरोको टोली र जिप्रकाको टोलीले सूचनाको आधारमा उक्त पदार्थ कारोबार गरिरहेको अवस्थामा संगमचोकबाट पक्राउ गरेको हो। पक्राउ परेका ब्लोनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको र उनी माथि आवश्यक अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*