८१ किलो लागुऔषध गाँजा सहित राक्सिराङका नेगी पक्राउ

टुडे संवादाता
६ श्रावण २०७८, बुधबार ११:१९

हेटौँडा/मकवानपुर प्रहरीले ८१ किलो ३ सय ५० ग्राम लागुऔषध गाँजा, ट्रक सहित एकजनालाई नियन्त्रण गरेको छ ।

पश्चिम लोकमार्ग सडक खण्ड अन्तरगत बुधवार आज बिहान ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलिले मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ स्थित सिमपानीमा शंकास्पद रुपमा रोकीराखेको ना ८ ख ८२८४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रक पछाडी ढालामा लुकाई छिपाई राखेको लागुऔषध गाँजा ८१ किलो ३ सय ५० ग्राम फेला परेको  मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले जानकारी दिए ।

प्रहरी प्रवक्ता रिमालका अनुसार ट्रक चालक राक्सिराङ गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षिय बाबुराम नेगीलाई उक्त गाँजा, ट्रक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*