शिबम सिमेन्टले अबैध खानी सन्चालन गर्दा बड्यो बस्ती डुबान को खतरा

हेटौडा टुडे
६ श्रावण २०७८, बुधबार २०:२५

मकवानपुर को हटियामा रहेको शिबम सिमेन्ट लिमिटेडले २०६४ साल देखि अव्यवस्थित तरिकाले खानी सन्चालन गर्दा मकवानपुरका धेरै बस्ती डुबान को खतरामा परेको हो । मकवानपुर गढी गाउपालिकाको ७ नम्बरमा उत्खनन गरेको कलवान खानी खोटार खानी चपकी खानी अव्यवस्थित उत्खनन गर्दा मकवानपुरका हुलाकदमार बाध दुम्रेकुना झल्ला बागदली धादिङ सिमल्टार लगाएत का बस्ती का सयौ घर डुबान को खतरामा परेको हो ।

शिबम सिमेन्ट ले खानी उत्खनन को बहानामा मनपरी तन्त्र गरि रहदा सरोकारवाला निकाय मौन रहनुले स्थानियमा पीडा थपिएको छ । शिबम सिमेन्ट ले प्राप्त गरेको भोगाधिकार भन्दा बाहिर पनि उत्खनन गरेको र सो उत्खनन रोक लगाउन सरोकारवाला निकायले चासो समेत दिन सकेको छैन । मकवानपुर गढी गाउपालिका को ७ नम्बर व्डा मा रहेको शिबम को खानी ले जथाभाबी उत्खनन गर्दा त्यस भेगको स्थानिय सरकार शिबम को बचाउमा लीगेको हो ।

स्थानीय स्थर को बिकाश निर्माण को काम मा अबरोध गर्ने निर्माण सामाग्री नियन्त्रणमा लिने डिभिजन बन कार्यलय हेटौंडा शिबम ले जथाभबी उत्खनन गर्दा सयौ बोट बिरुवा नस्ट गर्दा समेत डिभिजन बन कार्यालय हेटौंडा को नजर जान सकेको छैन । डिभिजन बन कार्यालाय को यो शैली ले साना लाई एन ठुला लाई चैन भने उखान को चरितार्थ गरिदिएको स्थानिय को भनाइ रहेको छ । शिबम सिमेन्ट ले खानी सन्चाल्न तथा भोगाधिकार लिदा उत्खनन स्थल को ओभर बडेन ब्यबस्थापन गर्ने लिखित सम्जौता नै गरेको छ र उक्त कुरा लाई इ आइ ए रिपोर्ट मा समेत उल्लेख गरेको छ त यता शिबम ले कुनै पनि खानी उत्खनन गर्दा निस्केको ओभर बडेन लाई ब्यबस्थापन नगरी उत्खनन गरेको र उक्त ओभर बडेन को कारण भुक्षय को खतरा बडेको सयौ बोट बिरुवा पुरिएको र बस्ती समेत जोखिम रहेको त्यस भेग का स्थानियको गुनासो रहेको छ ।
शिबम सिमेन्ट ले खानी सनचालन अनु मति लिदा चरी चरण पानी का मुहान लगएत को विषयमा कुनै असर नगर्ने सम्झौता गरेको भए पनि हाल उक्त भेगमा शिबम को ओभर बडेन का कारण न चरी चरण छ न त पानी का मुहान नै ।

शिबम सिमेन्ट ले सनचालन गरेको खानी ले ओभर बडेन ब्यबस्थापन नगर्दा सयौ बोट बिरुवा नस्ट भयो नि किन नियन्त्रण तथा रोक थाम नगरेको भने डिभिजन बन कार्यालय हेटौंडा का सुचना अधिकारी अच्युत उपाध्याय लाई कुरा गर्दा यो विषयमा पहिला पनि कुरा चलेको र शिबम सिमेन्ट ले खानी उत्खनन गर्दा ढुङ्गा कम निस्केको र ओभर बडेन बढी निस्केका कारण ब्यबस्थापन गर्न नसकेको गैर जिम्बेवारी जबाफ दिदै शिबम को नै बचाउ मा प्रस्तुत भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*