
हेटौँडा । यस अघि देखि जारी रहेको निषेधाज्ञा मकवानपुरमा पुन थपिएको छ । आगामी साउन १४ गतेसम्म निषेधाज्ञा थप गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्तरीय कोभिड–१९ व्यस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
यस अघि निषेधाज्ञाका लागि तोकिएका व्यवसाय र क्षेत्र साविक अनुसार नै संचालन हुने र सार्वजनिक यातायात पनि अघिल्लो पटक तोकिएको समय सम्म मात्र संचालन गर्न सकिने जनाइएको छ। जस अनुसार बिहान ४ बजेबाट ११ बजेसम्म खाद्यन्न ब्यवसाय तथा ११ बजेबाट साँझ ६ बजेसम्म अन्य ब्यवसायहरु सञ्चालन हुनेछन् ।


सेयर गर्नुहोस्