
हेटौडा । बुधबार मकवानपुरगढी गांउपालिकामा थप १ जनामा कोभिड संक्रमण देखिएको छ । मकवानपुरगढीमा गरिएको एन्टिजेन परिक्षणबाट १ जनामा संक्रमण पुष्टि भएको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिनुभयो । यो सँगै मकवानपुरगढीमा अहिले सम्म कुल २९१ जनामा संक्रमण देखा परिसकेको लामिछानेले जानकारी दिनुभयो ।
यसैगरी आज मात्र १४ दिन पार गरि ६ जना संक्रमण मुक्त भएका छन । बुधबार सम्मको संक्रमण मुक्त हुनेको कुल संख्या २६० जना पुगेको छ । यसै गरि सक्रिय संक्रमित रहेका मध्ये २४ जना होमआईशन रहेका छन । मकवानपुरगढी वडा नम्बर ३ मक्रन्चुलीमा रहेको आइसोलेसन सेन्टर ६ जना भर्ना भएको उनिहरुको अबस्था सामान्य नै रहेको छ भने अर्का एक जना हेटौडा अस्पतालमा उपचाररत रहेको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।


सेयर गर्नुहोस्