बिहीबार ७ सय रुपैयाँले घट्यो सुनको भाउ

हेटौंडा टुडे
७ श्रावण २०७८, बिहीबार १२:४५

हेटौँडा/नेपाली बजारमा बिहीबार (आज)सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ८०० रुपैयाँ छ भने तेजावी सुन तोलाको ९१ हजार ३०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*